काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले एमाले विभाजन गर्ने उद्देश्यका साथ दल विभाजन अध्यादेश ल्याइएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । यसअघि आजै बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर राजनीतिक दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । सोहि निर्णयको विरुद्ध एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ नेपालका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।