काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी एमालेले गरेको छ भने यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइने भएको छ ।

प्रतिनिधसभाका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो । आज मङ्गलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको नेकपा एमाले नेतृ शान्ता चौधरीले जानकारी दिनुभयो ।

कारबाहीमा परेका सांसदहरुको नामावली ः

–माधव नेपाल

–जीवनराम श्रेष्ठ

–मुकुन्द न्यौपाने

–रामकुमारी झाँक्री

–कल्याणी खड्का

–लक्ष्मीकुमारी चौधरी

–निरादेवी जैरु

–पुष्पाकुमारी कर्ण

–सरला यादव

–कलिला खातुन

–मेटमणी चौधरी

–विरोध खतिवडा

–कृष्णलाल महर्जन

–भवानी खापुङ