काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २ सय ९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८ सय ३३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा २७ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ । हाल देशभर ३९ हजार ८ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।