काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश बिना शर्त फिर्ता लिनुपर्नेे बताउनुभएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि आफ्नो प्रतिक्रिया दिंदै उहाँले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षड्यन्त्र भएको उल्लेख गर्नुभएको छ ।

सचिव योगेश भट्टराईले भन्नुभएको छ – ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिना शर्त फिर्ता लिनु पर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’

भट्टराईले विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिने र पुरानै गल्ती पुनः दोहो¥याइरहनु नेतृत्वको असफलता भएको टिप्पणी गर्नुभएको छ । यस्तै पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने उहाँको भनाइ छ ।