काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको हो। दल विभाजन सम्बन्धी अध्यादेशका साथै अन्य केहि छलफलका एजेण्डा रहेको बताइएको छ।

सरकारले दलबिहीन अवस्थामा पुगको जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह लाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिएको हो । हाल दल सम्बन्धी ऐनमा यदि कुनै पनि पार्टी विभाजन गर्नुपरेमा केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४०/४० प्रतिशत हिस्सा चाहिने प्रावधान रहेको छ।

पार्टी विभाजन गर्न ४० प्रतिशत संख्या नपुगेपछि एमालेको माधव समूह आप्ठेरो आवस्थ्मा छ भने महन्थ समूह पार्टीबिहीन अवस्थामा रहेको छ। देउवा सरकारलाई विश्वासको मत दिएका यी दुवै खेमालाई सहज अवस्थाको सिर्जना गर्नकालागि सरकारले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी गरेको हो।

दल विभाजन सम्बन्धी विधमान कडा प्रावधानलाई अध्यादेश मार्फत संशोधन गरी ‘र’ को ठाउँमा ‘वा’ तथा चाहिने प्रतिशत पनि उल्लेख्य घटाइने गरि तयारी गरियको छ। एमालेमा माधव नेपाल पक्षलाई छुट्टै दलको मान्यता नपाउंदासम्म सरकारमा सहभागी हुन नपाउने र सरकारको पक्षमा रहेको बहुमतसमेत गुम्ने अवस्था रहेको हुँदा प्रधानमन्त्री देउवा अध्यादेश ल्याउने तयारीमा लागेका हुन्।

स्रोतका अनुसार केन्द्रीय समिति वा संसदीय दल जहाँ भए पनि २५ प्रतिशत सदस्य भएमा पार्टी विभाजन गर्न पाउने गरी सरकारले राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्ने तयारी गरेको हो। सदनमा बहुमत गुम्ने डर रहेका करण २९ दिनसम्म पुनःस्थापित संसदमा चलेको अधिवेशनले एउटा पनि प्रस्ताव स्वीकृतिका लागि पेश गर्न सकेन।

नेकपामा विवाद चर्किएका कारण २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘र’ को ठाउँमा ‘वा’ राखेर दल सम्बन्धी ऐन अध्यादेबाट संशोधन गरि पार्टीभित्र र बाहिर चर्को दबाब आएपछि उक्त अध्यादेश केही दिनमै फिर्ता लिएका थिए। ।