काठमाण्डौं-अफगानिस्तानबाट आज बिहान १०:१५ बजे एक सय २७ जना नेपाली काठमाडौं अवतरण गरेका छन। जसमध्य १२६ जना पुरूष र एक जना महिला रहेका छन। उनिहरु चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको छ।उनिहरुलाई जजिरा एअरलाइन्सको विमान मार्फत नेपाल ल्याइएको हो। उनीहरूलाई नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने बताएको छ। आवस्यक एन्टिजेन परिक्षण पस्चात होमआइसोलेसनमा पठाउने वा त्यहि आइसोलेसनमा राख्ने भन्ने टुंगो लाग्ने छ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्नका लागि दुइओ्टा उपाय अपनायको छ। वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ।राष्ट्र संघका विभिन्न मिसनमा कार्यरत नेपालीलाई स्वदेश फर्किन सहयोग गर्नुस् भनि औपचारिक अनुरोध नै पठाएका छौ।

उहाँहरूले सहयोग पनि गरिरहनु भयको छ साथै केही नेपाली स्वदेश आइसक्नुभएको कुरा परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताउनु भयको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालले थप्नु भयो ‘आफ्नै हिसाबले गएर ग्रिन जोनभन्दा बाहिर काम गर्ने नेपालीको हामी अहिले तथ्यांक संकलन गरिरहेका छौं। उहाँहरू कुन-कुन शहरमा कति जना हुनुहुन्छ भने तथ्यांक आएपछि सरकारले निर्णय गरेर जहाज पठाउँछ।’

अफगानिस्तानमा भएका नेपालीलाई नागरिकलाई आफ्नो विवरण अनलाइन मार्फत अपडेट गरिदिनुहुन पनि सरकारले अनुरोध गरेको छ।