काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति प्रदेश एक, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ ।

अहिले देशभर बदली रही प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । भोलि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ । प्रदेश एक र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश एक, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टामा प्रदेश एक, प्रदेश दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने हुँदा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।