काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८ सय ३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ । सङ्क्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३ सय २७ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज थप ९ सय ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ६ सय ७७, भक्तपुरमा १ सय १७ र ललितपुरमा १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।