काठमाडौं – प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले असार २८गते पुनर्स्थापना गरेको संसद्को पहिलो बैठक साउन ३ गते बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिनुभएको थियो । त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आएता पनि विधेयक अगाडि बढेको छैन ।

विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो । तर ती अध्यादेशमाथि पनि छलफल हुन सकेको छैन ।