काठमाडौं – सरकारले अफगानिस्तानमा रहेका प्रवासी नेपालीहरुलाई तत्काल उद्धार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सकुशल रुपमा तत्काल उद्धार गर्ने सरकारको निर्णय हो ।

अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने निर्णय भएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्ने जिम्मेवारी सरकारले पूरा गर्ने बताउनुभएको थियो ।

सुरक्षा र उद्धारको प्रतिक्षामा रहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व रहको प्रधानमन्त्रीको भनाई थियो । उहाँले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन तथा अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार नै निर्देशन गरिसकेको समेत जानकारी दिनुभएको थियो ।

तालिबान लडाकुले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपालीहरु उद्धारको पर्खाइमा रहेका छन् । केही नेपालीहरुलाई अमेरिकाले उद्धार गरेर दोहा कतार पु¥याएको छ । अफगानिस्तानमा कति नेपालीहरु छन् भन्ने यकिन तथ्याङ्क सरकारले सार्वजनिक गरेको छैन ।