काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान १० बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकले समसामयिक विषयका साथै केही राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल र निर्णय गर्ने स्रोतको दावी रहेको छ ।

यसबाहेक मन्त्रिपरिषद्को बैठकमा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएको छ । तालिबान लडाकुले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुको उद्दार गर्न विपक्षी नेताहरुले माग गर्दै आएका छन् ।