काठमाडौं – सर्वोच्च अदालतले मुलुकमा कोरोना भाइरसको सङ्क्रमणको चङ्गुलमा फस्दै गएता पनि लोकसेवा आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले लोकसेवा आयोगबाट सञ्चालन गरिन लागिएको कुनै पनि परीक्षामा रोक लगाउन नहुने स्पष्ट गरेको हो ।

हाल देशभर कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको उल्लेख गर्दै केदारकुमार अधिकारीसमेतले लोकसेवा आयोगबाट लिइने सम्पूर्ण परीक्षा स्थगित गर्न आदेशको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको छ । तर न्यायाधीशहरूको संयुक्त इजलासले भने लोकसेवा आयोगबाट सञ्चालन गरिने कुनै पनि परीक्षामा रोक लगाउन नहुने तर्क गरेको छ ।