काठमाडौं –प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले एक विज्ञप्तिमा हस्ताक्षर गर्दै सार्वजनिक गर्नुभएको छ ।