काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले हिजो आइतबार एक विज्ञप्तिमार्फत अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको हो ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरुमा पनि सम्पर्क गर्न भनेको छ । उद्धारका लागि ं +९७७–७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७–९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।