फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आजै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने जानकारी दिनुभएको छ ।

’आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोसिश गर्ने समझदारी बनाएका छौँ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, ’आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउनेछन् । त्यसपछि त्यसको व्याख्या र निस्कर्षको लागि स्थायी समितिको बैठक भोलि बस्ने बताउनुभएको छ ।’

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ।

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।