काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आसन्न महाधिवेशन फेरि सरेको छ । काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा हिजो बसेको केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो ।

देउवा निवासमा हिजो बसेको केन्द्रीय कमिटि बैठकले आगामी भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो । प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने सङ्घीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ । जिल्लाको अधिवेशन असोज १० गतेको लागि र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मको लागि हुने भनिएको छ ।

केन्द्रीय महाधिवेशन मङ्सिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ । नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गतेसम्म रहेको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ । वडा अधिवेशन भदौ १८ र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि तय भएको छ ।