काठमाडौं – सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
भोलि हुने पार्टी केन्द्रीय समितिको तयारी लागि बैठक बसेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समितिको बैठकको एजेण्डा र देशको समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रीत हुने छ ।