२०७८ असार १ र श्रावन १६ गते मेलम्ची खोलामा आयको बाढिले मेलम्ची , ग्याल्थुम, चनौटे बजार लागायतका क्षेत्रमा ठुलो जन धनको क्षति पुर्यायको थियो। सिन्धुपाल्चोकको मेलम्ची बजार , ग्याल्थुम, चनौटे बजार लागायतका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको थियो। साउन २२ देखि २५ गतेसम्म मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएर खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको छ।


असार १ गतेको वर्षाका कारण पेमदाङखोलामा आएको बाढीले हेलम्बुको भ्रेमाथाङ चौरमा १० मिटर अग्लो ग्रेगान भरिएको थियो। उक्त गेग्रान एक करोड घनमिटर रहेको खानी तथा भूगर्भ विभागले जनाएको छ। सोहि दीन अत्यधिक वर्षापछि हेलम्बु गाउँपालिकाको पेमदाङ खोला र मेलम्ची खोलाको दोभानबाट शुरु भएको बाढी मेलम्ची खोलामा जम्मा भई पहिरोको लेदो र पानी मिसिँदा किनारा थप कटान भिइ मेलम्ची र त्यस आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बाँस्कोटाले बताए।

‘उक्त चौरमा १० मिटर अग्लो ग्रेगान भरिँदा त्यस क्षेत्रमा कति ठूलो वर्षा र बाढी आएको रहेछ भन्ने स्पष्ट हुन्छ’, सिनियर डिभिजनल जियोलोजिस्ट बाँस्कोटाले पुनः भन्नुभयो। असार १ गते गेग्रानले भरिएको भ्रेमाथाङ चौर साउन १६ गतेको वर्षाले कटान भएको छ। भ्रेमाथाङ चौरको १०० मिटर क्षेत्रफल कटान हुँदा मेलम्चीमा साउन १६ गते पुनः ठूलो बाढी आएको बाँस्कोटाको ठम्याई छ। मेलम्ची खोलाले मात्रै यो भयाबह आबस्थाको सिर्जना गरेको जस्तो देखिदैन, इन्द्रावती नदिमा याङ्री तथा लार्के खोलाको पानि मिसियर इन्द्रावतिको आकार बढेको र मेलम्ची खोला संग मिसियर ठुलो क्षतिपुगेको खानी तथा भूगर्भ विभागले गरेको अध्ययनले देखाएको छ।


विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मेलम्ची र हेलम्बुमा गरिएको भौगर्भिक अध्ययनबाट आएको निष्कर्षलाई गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बुझाउने बताउनुभएको छ। ‘मेलम्ची र हेलम्बु क्षेत्रको भौगर्भिक अध्ययन मात्र नभएर सबै क्षेत्रको अध्ययन गर्नु जरुरी छ, जुन अध्ययनले आगामी दिनमा यस्ता घटना नघटुन्”, महानिर्देशक घिमिरेले भन्नुभयो।

असार १ र श्रावन १६ मा आएको बाढीले मेलम्ची खानेपानिको हेड्वर्क्स रहेकोअम्बाथान, मेलम्ची तथा हेलम्बुका गरि करिब एक दर्जन बढी व्यक्तिले ज्यान गुमाएका थए साथै अर्बौ रकम बराबरको भौतिक संरचनामा क्षति पुगेको थियो। उक्त बाढीले केहि पक्कि तथा झोलुन्गे पुल बगाएसंगै मेलम्ची खोला बाट पुर्बि तथा उत्तरि क्षेत्रमा अबस्थित बस्ति संगको सडक सम्पर्क टुटाएको थियो।