काठमाण्डौं-आज श्रावण शुक्ल पञ्चमीकादिन नागको पूजा अर्चना गरी नागको तस्बिर सहित जनै, सुपारी, भेटी राखी घरको मूलढोकामाथी टाँसेर बिधिबत रुपमा नाग पञ्चमी मनाइँदै छ।परापुर्बकाल देखी नै नेपाली समजमा नागको पुजा अर्चना गर्ने चलन रहिआएको छ।

यसरी नागको पुजा अर्चना गर्नाले घरमा नाग, सर्प र बिच्छीलगायतका जीवको भय नहुने जनबिस्वास रहेको छ। वैदिक सनातनकालदेखि नै नागलाई विष्णु र शिवका रूप भनेर पुज्नने गरिदै आयको छ।

भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको छायामा शयन गर्ने भएकाले नागलाई दुवै भगवानका रूपमा मान्ने गरिएको हो। नागलाइ सर्पहरु मध्यको राजा पनि भन्ने गरिन्छ।

त्यसैगरि आजको दिन काठमाडौँको टौदह र नागपोखरी भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागकुण्डमा दुध,मिठाई,लगायत अन्य मिठा मिठा परिकार तयार गरी दुबो चढाई नागको पुजा गरिदै छ।