काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीनवटा एजेण्डा प्रस्तुत गरिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसको १४ औं आसन्न महाधिवेशन कार्यतालिका पनि छलफलबाटै ल्याउने तयारी छ । साथै केन्द्रीय क्रियाशील समितिका प्रतिवेदन र समायोजनबारे भएका काम र टुङ्गिन बाँकी रहेका विषयबारे पनि छलफलका लागि पेश भएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठक जारी रहेको र सहमतिबाटै सबै विषय टुङ्गोमा पु¥याइने बताउनुभयो । काङ्ग्रेसले भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने भनेता पनि अहिलेसम्म क्रियाशील सदस्यता विवाद समाधान गर्न सकेको छैन । केन्द्रीय समिति बैठकमा महाधिवेशन असोज वा मंसिरमा सार्ने तयारी भइरहेको छ ।