काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् ।आज २ हजार २ सय ९४ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७ सय ६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८ सय ८२ जना पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये ६ लाख ७७ हजार ३ सय ७७ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् भने १० हजार २ सय १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ११, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हाल कोरोना निको हुने दर ९३.३ प्रतिशत रहेको छ भने देशभर सक्रिय सङ्क्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ ।