इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेको छ।सम्भवत सिसिलीको तापक्रम युरोपकै उच्च रहेको अनुमान गरियको छ।पछिल्लो मापन अनुसार सिसिलीको तापक्रम ४८.८ डिग्री सेल्सियस पुगेको छ।

क्षेत्रीय अधिकारीहरुले सो तापक्रम युरोपकै उच्च रहेको बताएका छन्। यसलाई विश्व मौसम संगठन ९डब्लुएमओ० ले प्रमाणिकरण गर्न बाँकी छ।

डब्लुएमओका अनुसार अहिलेसम्म युरोपमा मापन भएको उच्च तापक्रम ४८ डिग्रि सेल्सियस हो। सन् १९७७ मा ग्रीसको एथेन्समा सो तापक्रम मापन भएको थियो।

लुसेफर नाम गरेको एन्टिसाइक्लोनका कारण इटालीमा अहिले अत्याधिक गर्मीसहित तातो हावा चलेको छ। अफ्रिकाबाट आएको लुसेफरका कारण इटलीमा गर्मी बढेको हो।

एन्टिसाइक्लोन भन्नाले उच्च वायुमण्डलीय दबाबका कारण भूमरी बनेर हावा डुब्ने प्रक्रिया हो। लुसेफर इटालीको मुख्य भूभाग तर्फ बढ्दै जाने पूर्वानुमान छ, जसका कारण तापक्रम अझै बढ्ने सम्भावना रहेको भनिको छ । राजधानी रोमसहितका शहरमा अबको केही दिन अत्यधिक गर्मी हुने अनुमान छ।

इटालीको स्वास्थ्य मन्त्रालयले तातो हावालाई मध्यनजर गरि विभिन्न क्षेत्रमा उच्च तहको चेतावनी जारी गरेको छ। तातो हावाका कारण सिसिली, पुग्लिया,कालाब्रियासहित दक्षिणी इटालीमा डढेलो पनि लागेको छ।

त्यसैगरी ग्रीसमा लागेको डढेलो तीव्र गतिको हावाका कारण गम्भीर बन्दै गएको छ। जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, खडेरी बढेको र त्यसले डढेलोलाई सहयोग गरेको अनुमाना लगाउँन सकिन्छ।