काठमाडौं — नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन भदौमा नहुने निश्चित प्रायः भएको छ । क्रियाशील सदस्यता सम्बन्धी विवादले काङ्ग्रेसको महाधिवेशन प्रभावित बनेको हो ।


प्रधानमन्त्री समेत रहनु भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिहरुले यथास्थितिमा अहिले पार्टीको आसन्न महाधिवेशन गर्न नसकिने निष्कर्ष निकालेका छन् । ललितपुरको समीट होटलमा बसेका जिल्ला सभापतिहरुको भेलाले पार्टीलाई बुझाउने ६ बुँदे सुझाव समेत तयार गरेका छ ।


उक्त भेलाले कोरोना भाइरसको सन्त्रास बढिरहेको हुँदा यो अवधिलाई आधार मानेर पार्टीको १४ औं महाधिवेशन केही पर सारेर अर्को मिति तय गर्न पार्टी नेतृत्वलाई सुझाएको छ । उक्त भेलाले तयार पारेको ६ बुँदे सुझाव पत्र पार्टी सभापति शेरबहादुर देउवालाई आजै बुझाउन लागिएको एक नेताले बताए ।