काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा रहका ६० हजार विद्यार्थीहरुलाई खोप लगाउनेसम्बन्धमा स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हो । परीक्षा दिने विद्यार्थीहरुले त्रिविविले उपलब्ध गराएको प्रवेश पत्रको आधारमा कोरोना भाइरस विरुद्धको खोप लगाउन सक्ने छन् ।


काठमाडौंको टेकुस्थित स्वास्थ्यसेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक गौतमका अनुसार मन्त्रालयको निर्णयको आधारमा त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायका विभिन्न तहको परीक्षा दिने तयारीमा रहका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा कोरोना भाइरस विरुद्धको खोप लगाइने छ । तर विद्यार्थीको परिचय पत्रको आधारमा मात्रै खोप नलगाइने डा. गौतममा प्रष्ट पार्नुभएको छ । उक्त खोप लगाउन अनिवार्यरुपमा परीक्षाको प्रवेशप पत्र देखाउनु पर्नेछ ।