काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० हजार ९ सय ७ र एन्टिजेनबाट ५ हजार ७ सय ४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ६ सय १६ र एन्टिजेनबाट ८ सय ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज काठमाडौं उपत्यकामा ९ सय ६४ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ६३, ललितपुरमा १ सय ९२ र भक्तपुरमा १ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना सङ्क्रमणमुक्त भए। घर फर्किएका छन् भने थप ३० जनाको मृत्यु भएको छ ।