काठमाडौं – उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा आगामी बिहिबारदेखि बेलुकी ८ बजेपछाडि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ ।

भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईका अनुसार साउन २८ देखि भदौ ८ सम्मका लागि तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेको हो । सर्वसाधारणहरुलाई अर्को व्यक्तिसँग दुई मिटर दुरी पालना गर्न र अत्यावश्यकबिना बाहिर ननिस्कन पनि प्रजिअहरुले आग्रह गरेका छन् ।

पसल तथा व्यवसाय ७ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य मापदण्डहरु पालना नगरिए बन्द गरिने चेतावनी पनि प्रजिअहरुले दिएका छन् । निषेधाज्ञाको समयमा उपत्यकामा कडाइ गर्ने निर्णय अनुसार केके गर्न पाइन्छ ? केके गर्न पाइँदैन ? तीनै जिल्लाका प्रजिअहरुको बैठकले सार्वजनिक गरेको विज्ञप्ति यस्तो छ :