काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्ने भएको छ । प्राधिकरणका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।

बैठकमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्बाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुन भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।