काठमाडौं – प्रतिनिधिसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने भएको छ । उक्त कुराको जानकारी संसद सचिवालयले दिएको हो । व्यवस्थापिका संसदले विजनेश नपाएको भनेर कुरा उठिरहेको बेला आज प्रतिनिधिसभाको बैठकमा दुई वटा विधेयक टेबुल हुने कार्यसूची रहेको छ ।

आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक –२०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०७६ मा छलफल हुनेछ । यी विधेयककासम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।