फाइल फोटो

ललितपुर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले विधान संशोधन प्रस्ताव पास गरेको छ । ललितपुरको बालकुमारीस्थित च्यासलमा बसेको बैठकले उक्त प्रस्ताव पास गरेको हो । बैठक सकिए लगतै सञ्चारकमीहरुसँग कुरा गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले विधान संशोधनको विषय आजै बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरेको बनाउनु भएको छ ।

एमाले संस्थापन पक्षको अघिल्लो स्थायी कमिटीको बैठकले आगामी भदौ २७ र २८ गते दुई दिन विधान महाधिवेशनको मिति तय गरिसकेको छ । विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने एमालेको कार्यक्रम तय भैसकेको छ ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले साङ्गठनिक प्रतिवेदन र सङ्गठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव केन्दीय कमिटीमा पेश गरी छलफल हुनेछ । बैठकले अध्यक्ष, महासचिव र सङ्गठन विभाग प्रमुखले पेश गरेको प्रतिवेदनलाई अन्तिम रुप दिएपछि अनुमोदन गर्नेछ । केन्द्रीय कमिटीको बैठक पनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दैछ ।