फाइल तस्बिर
काठमाडौं– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचचन्द्र पौडेल पक्षधरको काठमाडौंको ठमेलमा बैठक सुरुभएको छ । उक्त बैठकमा पार्टी संस्थापन इतरका जिल्ला सभापतिहरुको बैठक बसेको हो । आगामी भदौं १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको काङ्ग्रेसको चौधौं महाधिवेशन अन्तिम समयमा आएर रोकिने स्थितिमा पुगेको छ ।


पार्टीको क्रियाशील सदस्यता वितरण सम्बन्धी विवादको कारण देखाएर प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवा महाधिवेशनबाट भाग्न खोजेको पौडेल पक्षले आरोप लगाएको छ । जिल्ला सभापतिहरुको भेलामा चौधौं महाधिवेशन पूर्वनिर्धारित समयमै गर्ने गरी संस्थापन पक्षलाई दबाव दिन बोलाइएको हो । यस भेलामा विशेषगरी क्रियाशील सदस्यता सम्बन्धी विवाद कसरी समाधान गर्ने र महाधिवेशन गर्न तोकिएको मितिमा कसरी सम्पन्न गर्ने भन्ने बारेमा छलफल हुने भेलामा सहभागी एक नेताले बनाएका छन् ।


वरिष्ठ नेता पौडेलले सभापति देउवाप्रति लक्षित गर्दै आज बिहान सामाजिक सञ्जातमामार्फत् असक्षम नेतृत्वका कारण तोकिएको समयमा महाधिवेशन नगराएर काङ्ग्रेसलाई निर्वाचन आयोगसँग पार्टी जोगाइदिन भिख माग्ने अवस्थामा भन्दै कडा टिप्पण गर्नुभएको थियो ।
वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर ६ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरिह अवस्थामा पु¥याइएको छ’ भनि स्ट्याटस लेख्नुभएको छ । आजको भेलामा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४८ जना जिल्ला सभापतिहरु रहेको भनिएको छ ।