फाइल फोटो
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीस्थित तुल्सीलाल स्मृत प्रतिस्ष्ठानको सभाकक्षमा स्थायी कमिटीको बैठक केहीबेर अघिमात्र सुरुभएको हो ।

स्थायी कमिटीको बैठक सकेपछि तीन बजे केन्द्रीय कमिटी बैठक बस्ने कार्यक्रम रहेको छ । संस्थापन पक्षको स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले बहिस्कार गरेको छ ।

पार्टी एकताका लागि कार्यदयले बुझाएको सहमतिलाई संस्थापन पक्षले अनुमोदन गरेपछि अहिलेसम्म असन्तुष्ट पक्षलाई एकताको सुत्रमा ल्याउन संस्थापन पक्षले खासै चासो दिएको छैन । बाहिर प्रचारमा आए जस्तो एकताको प्रयास दुवै पक्षबाट खासै भएको छैन । एमाले संस्थापन र असनतुष्ट पक्षको दोस्रो तहका नेताहरुले एकताको प्रयास भैरहेको भनेपनि संस्थापन पक्षले भनेका बेला एकलौटी रूपमा पार्टीको बैठक निरन्तर चलाएर अघि बढिरहेको छ ।

हिजो आइतबारलाई बोलाइएको एकताको प्रयार गर्ने भनेर आज सारिएको थियो । आजको बैठकमा विधान संशोधनका लागि कार्यदलले तयार पारेको प्रतिवेदनका साथै अध्यक्ष, महासचिव र सङ्गठन विभाग प्रमुखले तयार पारेको प्रतिवेदन माथि बैठकमा छलफल हुने बताइएको छ ।