काठमाडौं– मुलुकभर पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार देशभर ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जनामा र ३ हजार ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


देशभर हालसम्म ३५ हजार ४ सय ८५ सक्रिय सङ्क्रमित छन् । आइतबार २ हजार २९ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यसैगरी काठमाडौं उपत्यकामा आज ९ सय ५१ जना कोरोना भाइरसका सङ्क्रमितहरु थपिएका छन् । जसमध्ये काठमाडौंमा ७ सय ४०, भक्तपुरमा ५६ जना र ललितपुरमा १ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ ।