काठमाडौं – सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा आजदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन हुनेछ । आज नेपाल मास्क अभियानको औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक साङ्गीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मास्क लगाउने व्यवहारको विकासका लागि समुदायस्तरमा सहभागितामूलक डिजिटल क्याम्पियन गरिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।