काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो ।

उहाँका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४ सय ३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९ सय ८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४ सय २२ पु¥याइएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरि १ सय४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । रासस