काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नुको कुनै तुक नभएको बताउनुभएको छ । भूमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने यस्ता अखडाहरू भत्कनुपर्ने उहाँको धारणा छ ।

तर, आयोग खारेज गरेर उम्किने छुट राज्यलाई नभएको पनि उहाँले सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै लेख्नुभएको छ । भूमिसुधारका लागि हिजो बीपीले गर्नुभएको सङ्घर्षको इतिहास काङ्ग्रेससँग छ । समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को इतिहास रच्न सरकार चुक्न नहुने सामाजिक सञ्जालमार्फत् ट्वीट गर्दै उल्लेख गर्नुभएको छ ।