काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले आज बस्ने बैठकमा बोर्डका सचिव, सदस्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । उहाँहरुको राय के आउँछ त्यसै अनुसार आज निर्णय लिने उहाँले बताउनुभयो । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आगामी ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराउनु भएको छ । तर पछिल्लो समय कोरोनाको सङ्क्रमण बढदै गएपछि परीक्षा हुँने वा नहुँनेमा अन्योलता बढेको छ ।