काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो ।

नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ । दमकल, पानी ट्याङ्करसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन ।