काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । आज राति प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भोली देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । राति भने गण्डकी र बागमती प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । त्यस्तै सोमबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ भने प्रदेश १ का केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । जसका कारण पहिरो तथा गेग्रान बहाव हुने एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।