काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६ सय ७५ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५ सय ९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म ६ लाख ६५ हजार ५ सय ४८ सङ्क्रमित पुगे भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३४ हजार ९ सय ४२ जना रहेका छन् । त्यसमध्ये भेन्टिलेटरमा १ सय ५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७ सय ३२ जना रहेका छन् ।