काठमाडौं – भूमि आयोग खारेजको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । अधिवक्ता प्रवेश केसीले आज शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लङ्घन भएको भन्दै सरकारको निर्णय बदर गर्न माग गरेको छ । रिटको पेशी साउन २५ गतेलाई तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।