काठमाडौं – कोभिड–१९ विरुद्ध भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्टा«जेनिका खोप नेपाल आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमानले आज बिहान खोप नेपाल ल्याइपुर्याएको हो ।

स्वास्थ्य सेवा विभागले भोली शनिबार मात्रै भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको छ । भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो । ७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो । नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ ।

भुटानबाट एस्ट्राजेनेका खोप आउने भएपछि गत फागुनमा कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका जेष्ठ नागरिकलाई यो खोप प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।