काठमाडौं — नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्य कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे बैठक बस्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो ।

बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने स्थायी समिति सदस्यले बताउनुभएको छ ।

सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित सत्तारूढ गठबन्धनको कार्यदलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री देउवा गठबन्धनको प्रतिवेदन आएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहनुभएको छ ।