काठमाडौं – पछिल्लो समय कोरोनाभाइरसका सङ्क्रमित बढेसँगै मृतकको संख्यामा पनि वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ६६, भक्तपुरमा १ सय ४६ र ललितपुरमा १ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ३८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार ४ सय ८ जनामा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित पुष्टि भएको हो । यस्तै सोही अवधिमा २ हजार १२ जना निको भएर घर फर्किएका छन् ।