फाइल तस्वीर

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

आज बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ । खनालको दुवै मिर्गौलामा समस्या थियो । नेकपा एमालेका वरिष्ठ नेता खनाल गत असार २ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।