काठमडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ८ सहित उपत्यकामा १ हजार २ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये काठमाडौंमा ९ सय ८, ललितपुरमा १ सय ६५ र भक्तपुरमा २ सय ६ जना रहेका छन् ।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ । देशभर हालसम्म ३३ हजार ४ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । आज १ हजार ५ सय ३५ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।