काठमाडौं – नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिनमा जानका लागि लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्रका बारेमा छानविन गरेको छ । शान्ति मिसनका जाने प्रहरीहरुको आन्तरिक परीक्षको प्रश्नपत्र ‘लिक’ भएको सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयले छानविन प्रक्रिया अगाडि बढाएको हो । प्रहरी प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरका अनुसार प्रश्नपत्र ‘लिक’ भएको सम्बन्धमा विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वमा छानविन समिति गठन गरेको अनुसन्धानको काम भैरहेको छ ।प्रश्नपत्र ‘लिक’ गरेको आशङ्कामा प्रहरी मुख्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई अनुसान्धानका क्रममा नियन्त्रणमा लिइएको छ । उनीहरु दुवैलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा राखी अनुसन्धान भैरहेको छ । प्रश्नपत्र कुमार शाहको मोबाइलमा भेटिएको प्रहरी मुख्यालयले जनाएको छ ।


यही साउन महिनाको १५ र १६ गते दुई दिन प्रहरी प्रधान कार्यालय समेत ७ वटै प्रदेश प्रहरी कार्यालयमा लिइएको परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्कामा गरिएको छ । प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि डीएसपी रुपेश रुपेश खड्काको घरमै पुगेको थियो । प्रहरी स्रोतका अनुसार खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत् युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए । यसअघि पनि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएको खुल्न आएको छ । उक्त प्रश्नपत्र प्रहरी नायव निरीक्षक जनक थापाले डिएसपी खड्को घरमा पुर्याएका थिए ।

डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनु अगावै प्रश्नपत्र पाएका थिए । प्रहरी मुख्यालयका अनुसार युएन शाखामा कार्यरत डीएसपी बासुदेव पाठकले पनि ह्वाट्सएपमार्फत् उनी निकट एकजनालाई प्रहरी नायव निरीक्षक (सई) लाई प्रश्नपत्रको फोटो खिचेर पठाएका थिए । प्रश्नपत्र लिक भएको जानकारी पाएपछि युएन शाखामा कार्यरत प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले साउन १६ गतेको परीक्षाका निम्ति तयार गरिएको पहिले प्रश्नपत्र रद्द गरी तत्काल नयाँ प्रश्नपत्र तयार गरी परीक्षा सञ्चालनको पूर्व निर्धारित तालिका भन्दा डेढ घण्टा पछिमात्रै परीक्षा सञ्चालन भएको थियो । शान्ति मिसनमा जानका लागि उक्त परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका दुई हजार चार सय परीक्षार्थीहरु सम्मिलित थिए ।