काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । बुधबार मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच सहमति भएको हो ।

सहमतिमा अभियानले माग गरेबमोजिम प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गरिने उल्लेख छ । सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ, ’बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ. मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने ।’

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । यसका लागि बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने उल्लेख छ ।

सहमतिसँगै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । उक्त आन्दोलन काठमाडौंसम्म फैलिएको थियो ।

यस्तो छ ६ बुँदे सहमति :