काठमाडौं – कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोपको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थीले अबदेखि जिल्ला अस्पताल बाटै कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन पाउने भएका हुन् ।

आज बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर त्यहीँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको जनाइएको छ ।