काठमाडौं – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो मङ्गलबार रातिसम्म पनि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गरिएको पाइएको छ । विदेश जाने कामदारहरु पानीमा रुझेर रातभर बसेपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राति पनि भेरिफिकेसन गरेको हो ।

टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ५ सय जना विदेश जाने कामदारहरुको भेरिफिकेसन हुँदै आएको छ । रोजगार तथा उच्च शिक्षाका लागि विदेश जानेहरू खोप लगाएको प्रमाणीकरणका लागि टेकु अस्पताल पुग्ने गरेका छन् । वैदेशिक रोजगारीमा खोप लगाएको प्रमाणीकरण नगरी जाँदा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएका कारण टेकुमा खोप प्रमाणीकरण गर्नेहरुको भीड रातीसम्म पनि लागेको हो ।