काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । उहाँले बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको बताउनुभएको हो ।

साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरी परीक्षा सम्पन्न हुने भएकोले सबै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ । परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उहाँले स्पष्ट पार्नुभयो । गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना सङ्क्रमणको कारण हुन सकेको थिएन ।